Logo

सांसद गैरेको प्रश्नः विना विजनेशको सदन किन चलाएको ?



काठमाडौं, १८ असोज । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले विना विजनेशको सदन चलाएको आरोप लगाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले बिजनेश र सन्दर्भ विनानै संसद् चलाएको भन्दै आपत्ति जनाए ।

‘यो विना विजनेशको सदन किन चलिराखेको छ ? न बिजनेश छ, न सन्दर्भ छ ? विना बिजनेशको सदन,’– उनले भने ।

साथै, हिजो पाल्पाको तानसेनको गठुवा भन्ने ठाउँमा बादरको आक्रमणबाट बाख्रा मरेको विषय उल्लेख गर्दै उनले वन्यजन्तु नियन्त्रण र व्यवस्थापनका सन्दर्भमा सरकारको ध्यान जान आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्