Logo

रिगललाई बदनियतका साथ आममाफी दिइयो, यसको विरुद्ध बोल्छौंः गगन थापा



काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले रिगल भनिने योगराज ढकाललाई बदनियतका साथ आममाफी दिइएको बताएका छन् ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले रिगलको आममाफी संविधानको मर्म विपरीत र कानुनको छिद्रबाट बदनियतका साथ छिरेर भएको बताएका हुन् । उक्त आममाफीको विरोध स्वभविक भएकाले उनले बताए । बदनियतका साथ दिइएको उक्त आममाफीको विरुद्धमा आफू बोलिरहने उनको भनाई छ ।

‘संविधानको मर्म विपरीत र कानुनको छिद्रबाट बदनियतका साथ छिरेर गम्भीर अपराधको दोषी ठहर गरिएकालाई कैद माफी मिनाह गरिएको छ । बद्नियतका साथ भएको यो निर्णय गलत छ । यसको विरोध स्वभाविक छ, बाञ्छनीय छ ।’ थापाले भने,‘ यसको विरोध हुन्छ, हामी विरोध गर्छौं ।’

अदालतमा प्रवेश गरेको आममाफी विरुद्धको विषयले सबैलाई गिज्याइरहेको उनले बताए । अदालतले यस विषयमा सही बोल्नेसमेत उनले विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्