Logo

रिगलको आममाफीविरुद्धको रिट अब पूर्ण इजलासमा सुनुवाइ हुने



काठमाडौं, १८ असोज । सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सात दिनभित्र पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । आज (बिहीबार) न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले उक्त रिटमा सुनुवाई गर्र्दै विपक्षीको नामममा कारण देखाउ आदेश जारी गरेको हो ।

साथै, उक्त रिट सुनुवाइका लागि पूर्ण इजलासमा पेश गर्नसमेत आदेश भएको छ । ‘प्रस्तुत निवेदनमा समावेश भएको कानूनी प्रश्नको जटिलता र महत्त्वको विचार गर्दा पूर्ण इजलासमा पेश गर्नका लागि उपयुक्त देखिएकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ को उपनियम (२) को खण्ड (च) बमोजिम पूर्ण इजलासमा पेश गर्न पेसी व्यवस्थापन निर्देशन समितिमा पेश गर्नू,’– आदेशमा भनिएको छ ।

साथै, सर्वोच्चले वहसका लागि महान्यायाधीवक्ता स्वयंलाई उपस्थित हुन भनेको छ ।



प्रतिक्रिया दिनुहोस्