Logo

प्रचण्ड नेतृत्वको सरकारलाई नै सफल बनाउन पर्छः माधव नेपाल



काठमाडौं, १९ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको विकल्प नरहेको बताएका छन् ।

समाजवादी जागरण अभियानमा रहेको अध्यक्ष नेपालले आज (शुक्रबार) चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्को कुनै दलको नेतृत्वको सरकार बन्न सक्ने सम्भावना नरहेको बताएका हुन् ।

प्रचण्ड नेतृत्वको सरकारलाई नै सफल बनाउनका लागि अगाडि बढ्नपर्ने उनले बताए । साथै, देशको राजनीति सही दिशामा लैजान समाजवादी मोर्चा बनाएर अगाडि बढेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्