Logo

मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्दै सबै दललाई लेखे पत्र



काठमाडौं, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले विश्वासको मत दिन आग्रह गर्दै प्रदेश सभामा प्रतिनिधि त्व गर्ने सबै दललाई पत्र पठाएका छन् ।

उनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग प्रदेश सरकारको स्थायित्व र सहकार्यका लागि भन्दै विश्वासको मत मागेका हुन् ।

मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट आज विश्वासको मत लिँदैछन् । तत्तकालीन मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट लिएको विश्वासको मतमाथि प्रश्न उठाउँदै सर्वोच्च आदलत पुगेका कार्की गत भदौ २२ गते परमादेशबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

स्थायित्व र सहकार्यका लागि मत दिन सबै दललाई पत्र लेखेका हुन् । सर्वोच्च अदालतको परमादेशपछि २२ भदौंमा नियुक्त भएका कार्कीले आज विश्वासको मत लिंदैछन् ।



प्रतिक्रिया दिनुहोस्