Logo

अझै सुरु भएन कोशी प्रदेश सभा बैठक



काठमाडौं, २० असोज । मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको कोशी प्रदेश सभाको बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिलो हुँदा पनि सुरु हुन सकेको छैन । बैठक दिउँसो १ बजेबाट सुरु हुने कार्यतालिका रहेको थियो ।

मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् । उनी गत भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने आज अन्तिम मिति हो ।



प्रतिक्रिया दिनुहोस्