Logo

नेतृत्वमा रहेको ३५ वर्ष भयो, छोड्छु भन्दा पनि सुख छैनः प्रचण्ड



काठमाडौं, २० असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकल्प आएमा पार्टीको नेतृत्व छोड्न तयार रहेको बताएका छन् ।

आज (शनिबार) पार्टीका नेता राम कार्कीद्वारा लिखित पुस्तक विकल्प समाजवाद र मुक्त दुनियाँ विमोचन गर्दै प्रचण्डले ३५ वर्ष पार्टीको नेतृत्व गरिसक्दा पनि छोड्छु भनेर सुख नपाएको बताए ।

अब प्रचण्डले पार्टीको नेतृत्व छोड्नु पर्छ भनेर कसैले विकल्प दिएको खण्डमा आफू खुसीका साथ छोड्न तयार रहेको उनले बताए ।

नेतृत्वमा रहेको नै ३५ वर्ष भयो । छोड्छु भन्दापनि सुख छैन । तपाईँहरूले प्रचण्डले छोडिदिनुपर्छ, फलानो आउनुपर्छ भन्न सक्नुहुन्छ ? भनिदिनुभयो भने मत खुसी हुन्छु,’– उनले भने ।

साथै, पुस्तकका लेखक कार्कीले अलिकति भिन्न र आलोचनात्मक सोच पार्टीभित्र राख्ने गरेको प्रचण्डले बताए । कार्कीको भिन्न र आलोचनात्मक सोचको पार्टीले जहिले पनि कदर गरेको प्रचण्डको भनाई छ ।

लेखक कार्कीको पुस्तक र जीवनमा पनि स्वच्छन्दता र अराजकता रहेको उनले टिप्पणी गरे । कार्कीले कम्युनिष्ट पार्टीहरुले समाजवादी राज्यलाई जोड दिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्