Logo

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा ल्यायो चाडपर्वलक्षित सुपथ मूल्य पसल (फोटोफिचर)



काठमाडौं, २१ असोज । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालनमा आउने बताइएको छ । चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

उपभोक्ताले सुपथ मूल्यको पसलबाट सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो, र सबै प्रकारका तेल लगायतका बस्तुहरु खरिद गर्न पाउने छन् ।

खाद्य व्यापार कम्पनीले अनलाइनबाट पनि सहुलियत मूल्यमा खाद्यान्न बिक्री बताएको छ । सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको थियो । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्