Logo

जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलासको शुभारम्भ



काठमाडौं, २२ असोज । जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलासको शुभारम्भ भएको छ । आज (सोमबार) प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलासको शुभराम्भ गरेका हुन् ।

पारिवारिक इजलासको शुभाराम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले प्रधानन्यायाधीश बन्दै गर्दा गरेका वाचाहरु पूरा हुने क्रममा रहेको बताए ।

पारिवारिक इजलासमा महिलावादी मुद्दा, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसासम्बन्धी मुद्दा र बालबालिकाका हित,सरोकार र हेरचाहसम्बन्धी मुद्दाको सुनुवाइ हुनेछ ।

प्रधानन्यायाधीश श्रेष्ठले महिला, बालबालिका, नातागोता (परिवारसँग) जोडिएका मुद्दा छिटो न्याय निरुपण गर्न पारिवारिक इजलासले सहयोग गर्ने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्