Logo

इजरायलमा रहेका नेपालीको उद्धारमा सरकारको छैन तदारुकता



काठमाडौं, २२ असोज । सरकारले इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानमा सार्ने भएको छ । परराष्ट्रमन्त्री एनपी सावदको नेतृत्वमा गठित समन्वय संयन्त्रको बैठकले इजरायलमा रहेको नेपालीहरुलाई सुरक्षित स्थानमा सार्ने उपाय खोजी गर्ने निर्णय गरेको हो ।

प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आक्रमणबाट इजरायलमा रहेका १० जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुको शव ल्याउनका लागि जहाज तयारी अवस्थामा राख्ने र त्यसका लागि इजरायली पक्षसँग समन्वय गर्ने निर्णयसमेत भएको छ ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले अहिले त्यहाँ रहेका नेपालीहरु बंकरमा बसेर आफ्नो ज्यान जोगाइरहेको बताईन् । उनका अनुसार बंकरमा रहेका नेपालीहरुले खाना खानसमेत पाएका छैनन् । अन्य देशले इजरायलबाट आफ्ना नागरिक उद्धार गरिरहँदा नेपाली भने अझै बंकरमा त्रासदीपूर्ण जीवन विताइरहेका छन् ।

इजरालयमा रहेका नेपालीको जीवन रक्षाका लागि विभिन्न राजनीतिक दल, संघ/संस्था र निकायहरुले सरकारको ध्यानाकार्षण गराएपनि सरकारले आफ्ना नागरिकका उद्धार र व्यवस्थापनका लागि निर्णायक कदम चाल्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्