Logo

इजरायलको बंकरमा रहेका सुवेदीसँग प्रधानमन्त्रीको फोन संवाद, ‘उद्धारमा सक्रियताका साथ लागेका छौं’



काठमाडौं, २२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलको बंकरमा बसेर जीवन रक्षा गरिरहेका नेपाली विद्यार्थीसँग फोन संवाद गरेका छन् । बंकरमा रहेका दाङ नारायणपुरका विपिन सुवेदीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले उद्धारका लागि सरकार सक्रियतापूर्वक लागिरहेको बताए ।

सरकारले जतिसक्दो छिट्टै उद्धारको तयारी गरिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोही विषयको छलफल गरेर निर्णय लिन क्याविनेट र सर्वदलीय बैठक आह्वान गरिएको बताए । उद्धारका लागि सरकारले लगातार इजरायली राजदूतावासमा पनि समन्वय गरिरहेको प्रचण्डले फोन संवादमा बताए ।

‘हामी अस्तिदेखि लगातार लागिरहेका छौं । यही विषयका लागि अहिले पनि क्याविनेट बैठक बोलाइएको छ । सर्वदलीय बैठक पनि बोलाइएको छ । इजरायली राजदूतावासमा पनि लगातार कुरा भइराखेको छ । यो सबै त्यहाँ तपाईले विद्यार्थीहरुमा कम्युनिकेट गर्दिन पर्यो । हामी सबै तयारी गरिराखेका छौं । सक्रियताका साथ लागिराखेका छौं,’– विपिन सुवेदीसँगको फोन संवादमा प्रधानमन्त्री प्रचण्डले भने ।



प्रतिक्रिया दिनुहोस्