Logo

अतिरिक्त हुलाक सेवा खारेज गर्ने सरकारको निर्णयविरुद्ध अन्तराष्ट्रिय फोरमसम्म पुगे अध्यक्ष हुमागाईँ



काठमाडौं, २२ असोज । अतिरिक्त हुलाक सेवा खारेज गर्ने सरकारको निर्णय विरुद्ध अतिरक्त हुलाक कर्मचारी एशोसियसनका अध्यक्ष टंकप्रसाद हुमागाईं अन्तराष्ट्रिय फोरमसम्म पुगेका छन् । गत अगष्ट ३० मा अमेरिकाको फिलाडेल्फियामा ग्लोब युनियनको अन्तराष्ट्रिय सम्मेलनमा नेपालका अतिरिक्त हुलाक कर्मचारीको माग र मुद्दा राखेका हुन् ।

अतिरिक्त हुलाक कर्मचारी नेपाल सरकारको नियुक्ति पाई न्यूनतम पारिश्रमिक पनि नपाई नेपालका दूर दराज विकट बस्तीसम्म सेवा पुर्याउँदै आएका श्रमिक हुन् । यिनै निमुख कर्मचारीमाथि सरकारले घोर अन्याय गरेको छ । अन्यायपूर्ण तरिकाले हामीलाई रोजगारीबाट हटाउने नेपाल सरकारको तयारी रहेको कुरा जानकारी गराउन चाहन्छु,’– अन्तराष्ट्रिय सम्मेलनमा उनले भने ।

सरकारले आर्थिक वर्ष २०८०/०८१ बाट अतिरिक्त हुृलाक सेवा खारेज गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयपछि पनि गत असार ३१ गते हुलाक सेवा विभागले अतिरिक्त हुलाक सेवाका कर्मचारीलाई काम यथावत राख्न परिपत्र गरेको थियो । काम यथावत राखेपनि अतिरिक्त हुलाक सेवाका ११ हजार कर्मचारीले गत साउन महिनादेखिको तलब पाएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्