Logo

दुर्गा प्रसाईँमाथिको कालोमोसोः एमाले निकट युवा संघको समर्थन



काठमाडौं, २२ असोज । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीका अध्यक्ष जय गुरुङले मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि स्वतन्त्र युवाहरुले दलेको कालोमासोमा आफूहरुको समर्थन रहेको बताएका छन् ।

दुर्गा प्रसाईँले लामो समयदेखि समाजमा द्वन्द्व भड्किने गतिविधि गरिरहेको उनको भनाई छ । उनको अराजकतालाई सरकारले नियन्त्रण गर्न चासो नदेखाएको बेला स्वतन्त्र युवाहरुले हिक्मत देखाएको भन्दै उनले प्रसंशा गरे । प्रसाईँमाथि आज काठमाडौंको होटल एल्लो प्यागोडा परिसरमा केही युवाहरुले कालोमोसो दलेका थिए ।

यस अघि प्रसाईँले सोही होटलमा पत्रकार सम्मेलन राखेका थिए । प्रसाईँले पत्रकार सम्मेलनका क्रममा विभिन्न व्यक्तिमाथि गाली गलौज गरेका थिए । प्रसाईँ विगत केही समयदेखि अराजक शैलीमा प्रस्तुत हुँदै आएका थिए ।

प्रसाईँ केही समय अघिदेखि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, बैंक तथा वित्तीय संस्था, लघुवित्तीय संस्थाको विरुद्धमा बोल्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्