Logo

प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठक जारी



काठमाडौं, २२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

इजरायमा अलपत्र नेपालीको उद्धार, ज्यान गुमाएका नेपाली विद्यार्थीको शव ल्याउनेलगायतको विषयमा छलफलका लागि बैठक बोलाइएको हो ।

साथै, बैठकमा विद्यालय शिक्षाबारे पनि छलफल हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक पदम गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञान बहादुर शाही, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे लगायतको उपस्थिति रहेको छ ।Photo by: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्