Logo

जसपा अध्यक्ष यादव स्वदेश फर्कदै



काठमाडौं, २३ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव आज स्वदेश फर्कने भएका छन् ।

एन्टाको अधिवेशनमा सहभागी हुन अमेरिका पुगेका यादव आज दिउँसो ४ः ४५ बजे नेपाल आइपुग्ने पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

यादवलाई स्वागत गर्न पार्टी केन्द्रीय कार्यालयका सदस्यहरु र अन्तर्राष्ट्रिय सम्बन्ध विभागका सदस्यहरु त्रिभुवन विमानस्थलमा पुग्ने बताइएको छ ।

अध्यक्ष यादवले अमेरिकामा हुँदा त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्