Logo

हमासको आक्रमणमा परी निधन भएका नेपालीको शव तत्काल ल्याउने व्यवस्था मिलाउन अन्तराष्ट्रिय सम्बन्ध समितिको निर्देशन



काठमाडौं, २३ असोज । प्रतिनिधि सभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विद्रोही समूह हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरुको शव तत्काल नेपाल ल्याउने व्यवस्था मिलाउने सरकारलाई निर्देशन दिएको छ । आज (मंगलबार) सिंहदरबारमा बसेको समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी सावद पनि सहभागी थिए ।

समितिले परराष्ट्र मन्त्री सावदलाई मृतकको शव तत्काल ल्याउन, घाईतेहरुको उपचारको व्यवस्था मिलाउन र नेपाल फर्कन चाहने नेपालीहरुलाई उद्धार गरेर ल्याउन भनेको हो ।

समितिले भविष्यमा यस्ता घटना घट्नसक्ने सम्भावना रहेका मुलुकमा रहेका नेपाली दूतावासलाई सावधानी अपनाउन निर्देशन दिनसमेत भनेको छ । Photo By: Mukunda Kalikote/ Reporters Nepal



प्रतिक्रिया दिनुहोस्