Logo

इजरायलको घटनाप्रति कांग्रेसले गरायो सरकारको ध्यानाकार्षण



काठमाडौं, २३ असोज । नेपाली कांग्रेस संसदीय दलको बैठकले इजरायलमा जोखिममा परेका मानिसहरुलाई तत्काल उद्धार गरेर सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकार्षण गराउको छ । आज (मंगलबार) बसेको संसदीय दलको बैठकले जोखिममा रहेकाहरुको उद्धार गर्न, उनीहरुलाई खान, बस्नको व्यस्थापन, निधन भएका १० जना नेपालीहरुको पार्थिव शरीर स्वदेश ल्याउने व्यवस्था मिलाउन सकरारको ध्यानाकार्षण गराएको हो ।

साथै, बैठकले बेपत्ता रहेका नेपाली नागरिकहरुको खोजी गरी उनीहरुको स्थिति सार्वजनिक गर्नसमेत माग गरेको छ । स्वदेश फर्कन चाहने नेपालीहरुलाई ल्याउने प्रवन्ध मिलाउन पनि संसदीय दलको बैठकले सरकारसँग माग गरेको छ ।

‘इजरायलमा विद्रोही समूह हमासले क्रुरतापूर्ण आक्रण गरेको छ । यो आतङ्ककारी आक्रमणमा १० जना नेपालीहरुको हत्या भएको छ । यो आक्रमणको हामीले निन्दा गरेका छौं । त्यहाँ नेपाली नागरिक घाईते भएका छन्, बेपत्ता भएको अवस्था छ र मानिसहरु जोखिममा रहेको अवस्था छ ।’ सञ्चारकर्मीहलाई बैठकको निर्णय जानकारी गराउँदै प्रमुख सचेतक रमेश लेखकले भने, ‘हामीले आजको बैठकबाट हत्या भएका १० जना नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेका छौं, उहाँहरुको परिवारजनलाई समवेदना व्यक्त गरेका छौं । त्यसका संगसँगै हामीले सरकारलाई केही विषयमा ध्यानाकार्षण गराएका छौं ।’ Photo by: Mukunda Kalikote/Re[orters Nepal



प्रतिक्रिया दिनुहोस्