Logo

इजरायलबाट फर्किने नेपालीको हवाई टिकट सरकारले नै ब्यहोर्ने



काठमाडौं, २४ असोज । इजरायलबाट स्वदेश फर्कनेहरुको हवाई टिकट सरकारले नै व्यहोर्ने भएको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले व्यवसायिक उडानमार्फत आउन चाहने नेपालीहरुको हवाई टिकट सरकारलेनै व्यहोर्ने निर्णय गरेको हो । सरकारले नेपाली विद्यार्थीको उद्दारका लागि आज नेपाल एयरलाइन्सको जहाज चार्टर उडानमार्फत इजरायल पठाउँदैछ ।

सरकारले इजरायल सरकारबाट चार्टर विमान उडान र अवतरणको अनुमति दिइसकेको छ । इजरायलमा रहेका दुई सय ८८ नेपालीले स्वदेश आउन आवेदन दिएका छन् ।

इजरायलमा चार हजार पाँच सय नेपाली केयर गिभरको रुपमा कार्यरत छन् भने दुई सय ६५ नेपाली विद्यार्थी अध्ययनको क्रममा इजरायलमा रहेका छन् ।

विद्रोही समूह हमासको आक्रमणबाट इजरायलमा १० जना नेपालीले ज्यान गुमाएका छन् । चार जना घाईते छन् भने एक जनाको अवस्था अझै अज्ञात छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्