Logo

अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौंः महामन्त्री शर्मा



काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्को गठबन्धन उचित लाग्छ भने संस्थागत छलफलको प्रस्ताव ल्याएका छन् ।

कोशी प्रदेशमा आएको सत्ता समीकरणपछि आलोचनाको शिकार बनेका महामन्त्री शर्माले सधैं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन बोकिरहन जरुरी नरहेको बताएका छन् ।

‘यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौं । सधैं यो बोकिरहनुपर्छ, जरुरी छैन । तर, संस्थागत निर्णय नगरी हामी कसैले पनि आवेगमा कुनै निर्णय लिनुहुन्न,’– सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।

सल्लाहले ‘डिभोर्स’ गर्न मिल्ने बताउँदै उनले पुस १० गते पनि नबिर्सन आग्रह गरेका छन् । साथै कोशी घटनालाई ‘डढेलो’ बन्न नदिन संयम र परिपक्वता राख्न पनि उनले अपिल गरेका छन् ।

‘गणितीय जटिलता’ र पहिचानको आन्दोलन सम्बोधन गर्नुपर्ने आवश्यकता दृष्टिगत गरेर दुवै महामन्त्रीको प्रस्ताव ‘कोशीमा एमालेसहितको समाधान खोजौैं भन्ने भएपनि सभापति लगायतबाट अस्वीकार भएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्