Logo

दसैंका लागि नयाँ पैसा साट्नेको भीड (फोटोफिचर)



काठमाडौं, २९ असोज । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा दसैँका लागि नयाँ नोट साट्नेको भीड लागेको छ। पैसा साट्नेको अत्यधिक चाप बढेपनि छिटोछरितो सटहीको व्यवस्था नहुँदा लामो समय लाईन बस्नुपरेको सेवाग्राहीको गुनासो छ । नयाँ नोट साट्नका लागि सेवाग्राहीहरु बिहानैदेखि लामो लाईनमा बसिरहेका छन् ।

राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकका साथै अन्य बैंकलाई पनि पैसा साट्न रकम पठाइसकेको बताएको छ । यस वर्ष ५, १०, २०, ५० र १०० को गरी कूल १८ हजार पाँच सय नोट सटहीको सुविधा दिइएको छ । Photo By Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्