Logo

एनआरएनएको निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २९ असोज । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्वाचन स्वच्छ र निश्पक्ष हुने बताएका छन् ।

आज (सोमबार) पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनका सर्वसम्मत उम्मेदवार बनाउन गठबन्धनबाट पहल भइरहेको र त्यसो हुन नसक्दा पनि निश्पक्ष हुने बताएका हुन् । उनले ढुक्क भएर चुनावी प्रतिस्पर्धाको तयारीमा लाग्न आग्रह गरे ।

सरकार स्वच्छ र निष्पक्ष निर्वाचनका लागि प्रतिवद्ध छ । सर्वसम्मत गराउने विषयमा छलफल अन्तिम समयसम्म जारी रहन्छ । निश्चिन्त भएर चुनावी प्रतिस्पर्धामा लाग्न आग्रह गर्छु,’– प्रचण्डले भने ।

साथै, गैरआवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान अन्तिम चरणमा पुगेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्