Logo

एनआरएनएको महासचिवमा बुद्धिसागर सुवेदीले गराए उम्मेदवारी दर्ता



काठमाडौं, २९ असोज । गैरआवासीय नेपाली संघ एनआरएनएको महासचिव पदमा बुद्धिसागर सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । आज महाधिवेशनस्थल होटेल सोल्टीमा पुगेर उनले महासचिवमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि सुवेदीले चुस्त, दुरुस्त र परिणाममुखि काम नै आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

महासचिव पदमा उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै सुवेदीले भने ’हामी सबैको संस्था हो भन्ने भावनामा जोड्न चाहन्छौं र यो संस्थालाई एकताको भावनाका साथ अघि बढ्न चाहन्छौं र हामीले सबैको भावना बुझेर भोलीको दिनमा काम गर्नेछौं ।’

एनआरएनएको अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठसँग सबैलाई मिलाएर लैजान सक्ने क्षमता रहेको उनले बताए । अबको अध्यक्ष श्रेष्ठनै हुने उनको दाबी छ ।

‘महेश कुमार श्रेष्ठ सबैलाई मिलाएर लैजान सक्ने, मृदुभाषी र हिजोको दिनमा उहाँले गरेका कामको इतिहाँसलाई हेर्दा पनि अबको अध्यक्ष महेश कुमार श्रेष्ठ नै हुनुहुनेछ र उहाँको नेतृत्वमा हामी सबै बिजयी हुनेछौं भन्ने कुरामा म पूर्ण विश्वस्त छु,’– उनले भने ।

गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन अक्टोबर १७ अर्थात् मंगलबारबाट काठमाडौंको सोल्टी होटलमा सुरु हुँदैछ । अक्टोबर २० तारिखसम्म चल्ने महाधिवेशनले आगामी दुई बर्षे (२०२३–२०२५) कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

विश्वभरका ४२ सय एनआरएनए प्रतिनिधिहरुले अनलाईन तथा महाधिवेशन स्थलमा भौतिक रुपमा मतदान गरि नयाँ नेतृत्व चयन गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्