Logo

मेरो नेतृत्वको सरकारमा कर्मचारीहरु अलिकति पनि जोखिम उठाउन तयार छैनन्ः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारमा कर्मचारीहरुले अतिकति पनि जोखिम उठाउन नचाहेको बताएका छन् ।

आज (सोमबार) कैलालीको धनगढीमा आयोजित समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशको सन्देश सभालाई सम्बोधन गर्दै कर्मचारीलाई अगाडि बढ्नुस्, केही पर्यो भने सरकार बचाउन तयार छ भन्दा पनि कर्मचारीले नचाहेको बताए । कतिपय ऐनहरुका रहेका व्यवधानाका कारण कर्मचारीहरुलाई जटिलता रहेको उनले बताए ।

‘मेरो नेतृत्वको सरकारमा कर्मचारीहरु अलिकति पनि जोखिम उठाउन तयार छैनन् । थोरै जोखिम उठायो भने कतिबेला कसको जागिर जाने हो, को गिरफ्तार हुने हो भन्ने आतंक छ । मैले भनेको छु कर्मचारीलाई तपाईहरु अगाडि बढ्नुस्, सरकार तपाईँहरुको साथमा छ, तपाईँहरुलाई केही पर्यो भने सरकार बचाउन आउँछ म भनिराखेको हुन्छु तर यो जटिलता पनि छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्