Logo

महामन्त्रीद्वयले देउवालाई भने, ‘कोशीको सत्ता समीकरण परिवर्तनको जिम्मा तपाईँले लिनुपर्छ’



काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशको सत्ता समीकरणमा आएको परिवर्तनको सबै जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन् ।

आज (सोमबार) धुम्बराहीमा सभापति देउवाले बोलाएको छलफलबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दैै उनले महामन्त्री गगनकुमार थापा र आफ्नो एउटै भनाई कोशी प्रदेशको सबै जस अपजस सभापति देउवाले लिनुपर्ने बताएका हुन् ।

कोशीमा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता ईन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय देउवा एक्लैको भएको उनले बताए । उक्त निर्णयमा महामन्त्री थापा, आफू र कोशी प्रदेशबाट केन्द्रमा नेतृत्व गर्ने अन्य कुनै नेताहरुसँग पनि सल्लाह नगरिएको उनले बताए । कसैसँग सभापति देउवाले सल्लाह र सहकार्य नगर्दा पार्टीका आठ जना कोशी प्रदेश सभा सदस्यहरुले विद्रोहमार्फत एमालेको समर्थनमा सरकार बनाएको उनले बताए ।

‘अहिले जो भएको छ । यो घटनामा सभापतिले गम्भीर आत्मसमीक्षा गर्नपर्छ । कोशी प्रदेशबाट नेपाली कांग्रेको केन्द्रीय समितिमा एउटा महामन्त्री पनि छ नि त । कोशी प्रदेशमा डा. नारायण खड्का हुनुहोला, विजय गच्छदार हुनुहोला, अरु नेताहरु पनि हुनुहोला ।’ उनले भने, ‘उहाँहरु कोही पनि निर्णय प्रक्रियामा सामेल हुनुहुन्न । त्यो निर्णय गर्दैगर्दा को–को सामेल हुनुहुन्थ्यो र किन यो प्रकारको दुर्घटना भयो ? भन्ने कुराको सबैभन्दा प्रधान जिम्मेवारी सभापतिले फिल गर्न पर्छ हामीले भन्यौं ।’



प्रतिक्रिया दिनुहोस्