Logo

सांसद बजगाईँ विरामी उद्धारका लागि हेलिकप्टर लिएर गोरखा पुगे



काठमाडौं, ३० असोज । मदिराको नसामा झ्याप भएर अन्तर्वार्ता दिएपछि भाइरल बनेका सांसद राजेन्द्र बजगाईं बिरामी लिन हेलिकप्टर लिएर गोरखा पुगेका छन् । बिरामी उद्धार प्रक्रियामा बिहान ८ बजेदेखिनै तल्लीन रहेको उनले बताएका छन् ।

निषेधित क्षेत्र गोरखाको साम्दोमा एयर डाइनेष्टी हेली सर्भिसेज प्रालिकोको हेलिकप्टर लिएर अहिले समाजिक सञ्जालमा भाइरल बनिरहेका सांसद बजगाईं बिरामी उद्धारका लागि पुगेका हुन् ।

गृह मन्त्रालयबाट निषेधित क्षेत्रमा उडान अनुमत लिएर सांसद बजगाईं गोरखाको चुमनुब्री गाउँपालिकास्थित साम्दोमा पुगेको छन् । तर, गृह मन्त्रालयबाट निषेधित क्षेत्रमा उडान अनुमति दिँदा प्रयोजन खुलाइएको छैन ।

प्राइम टाइम टेलिभिजनबाट प्रसारण हुने ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग मदिरामा लट्ठ भएर अन्तरवार्ता दिएका सांसद बजगाईँ अहिले जताततै भाइरल छन् ।

सांसद् बजगाईँले नसाको सुरुमा पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेस महामन्त्री गगनकुमार थापा लगायतको चर्को आलोचना गरेका थिए । उनी नेपाली कांग्रेसका नेता एवं गोरखा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।



प्रतिक्रिया दिनुहोस्