Logo

एकीकृत समाजवादीका महासचिव भुसालले दिए ओलीलाई धुन्धुकारीको संज्ञा



काठमाडौं, ३० असोज । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई धुन्धुकारीको संज्ञा दिएका छन् ।

आज (मंगलबार) नेकपा (एस) सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै उनले धुन्धुकारी ओलीले घटाएको दुर्घटनाको कारण अहिलेको गठबन्धन बनेको बताएका हुन् ।

‘धुन्धुकारी ओलीले घटाएको दुर्घटनाको कारणले यो गठबन्धन बनेको हो,’– उनले भने ।

समाजवादी मोर्चा पनि त्यसकै जगमा बनेको उनको भनाई छ । एमाले ओली गुटको कब्जामा रहेको उनको भनाई छ । एमाले ओली गुटको कब्जाबाट बाहिर नआउँदासम्म दक्षिणपन्थकै सेवामा लागिरहने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्