काठमाडौं, २ कात्तिक । स्वास्थ्यमा समस्या आएपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । विआरआई सम्मेलनमा भाग लिन चीन पुगेका गृहमन्त्री श्रेष्ठलाई माइल्ड हर्टअट्याक भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको बताइएको छ । श्रेष्ठको छातीमा धेरै समस्या देखिएपछि अस्पताल पुर्याइएको थियो । गृहमन्त्री श्रेष्ठको अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ ।