Logo

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण स्वीकृत



काठमाडौं, २ कात्तिक । सरकारले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको औपचारिक नेपाल भ्रमण कार्यक्रम स्वीकृत गरेको छ । आज (बिहिबार) बसेको मन्त्रिपरिषद्को बैठकले उनको नेपाल भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकपछि निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले भ्रमण स्वीकृत भएको जानकारी गराएकी हुन् ।

‘परराष्ट्र मन्त्रालयको प्रस्तावमा संयुक्त राष्ट्र संघको महासचिव एन्टोनियो गुटेरसको यही मिति २०८० कात्तिक १२ देखि १५ गतेसम्म हुने नेपालको औपचारिक भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको छ,’– उनले भनिन् ।

नेपाल आउन लागेका गुटेरेसले नेपालको प्रतिनिधि सभामा सम्बोधन गर्ने बताइएको छ । गत भदौं ३० गते संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री प्रचढडले गुटेरेलाई नेपाल भ्रमणको निम्ता दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्