Logo

अमेरिका भ्रमणमा जाँदै परराष्ट्र मन्त्री साउद



काठमाडौं, २ कात्तिक । परराष्ट्र मन्त्री नारायण प्रकाश साउद संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा जाने भएका छन् । आज (बिहिबार) बसेको मन्त्रिपरिषद्को बैठकले आगामी कात्तिक ८ गतेदेखि १६ गतेसम्म अमेरिकाको औपचारिक भ्रमणमा जान स्वीकृती दिएको हो ।

मन्त्रिपरिषद्को बैठकपछि निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले परराष्ट्र मन्त्री साउदको भ्रमण स्वीकृत भएको जानकारी गराएकी हुन् ।

‘माननीय परराष्ट्र मन्त्रीको यही कात्तिक ८ गतेदेखि १६ गतेसम्म संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ,’– प्रवक्ता शर्माले भनिन् ।



प्रतिक्रिया दिनुहोस्