Logo

विमानस्थलभित्र वस्तु तथा सेवाको व्यापारमा मूल्य तोक्न समिति गठन



काठमाडौं, २ कात्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलभित्र वस्तु तथा सेवाको व्यापारमा लिन पाउने मूल्यको सीमा तोक्न उच्चस्तरीय समिति गठन गरेको छ ।

बाहिरका पसलहरुको तुलनामा विमानस्थलभित्र अत्याधिक महँगो हुने गरेको आम उपभोक्तबाट गुनासो आएपछि देशैभरका विमानस्थलमा रहने यस्ता प्रकारका वस्तु तथा सेवाको मूल्य निर्धारण गर्न लागिएको हो ।

विमानस्थलभित्रका पसलहरुले महँगोमा सामान विक्री गरेको गुनासाहरु आएपछि केही दिनअघि संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अनुमन गरेका थिए । समितिले थप अध्ययन गरेर व्यवसायी र उपभोक्ता दुवैलाई मर्का नपर्ने गरी निर्णय लिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्