Logo

बागमतीमा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी लामालाई



काठमाडौं, ३ कात्तिक । बागमती प्रदेशकको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी बहादुरसिंह लामाले पाएका छन् । लामा बागमतीको आर्थिक मामिला तथा योजनामन्त्री हुन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेल एक साताका लागि दुवई जाने भएपछि लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मा दिइएको हो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज (शुक्रबार) लामालाई मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्