Logo

दुर्गा प्रसाईँजस्ताको वैशाखी टेकेर राजसंस्था फर्किन्छ भन्नु हाँस्यास्पदः महेश बस्नेत



काठमाडौं, ३ कात्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले दुर्गा प्रसाईँजस्ता अराजक र अपराधीको वैशाखी टेकेर राजा संस्था फर्काउने कुरा गर्नु हाँस्यास्पद भएको बताएका छन् ।

आज (शुक्रबार) एमाले सूर्यविनायक नगरपालिका ४ नम्बर वडा कमिटीको आयोजनामा वडादसैं, शुभ दिपावली, नेपाल संवत् ११४४ (न्हूदँ) एवम् छठ पर्व २०८० को शुभ–उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘कस्तो वैशाखी टेक्नेभन्दा दुर्गा प्रसाईँजस्ता अराजक र अपराधीको वैशाखी टेकेर राजा ज्ञानेन्द्र फेरि राजगद्दीमा आउँछ रे । यो विषयमा हास्ने बाहेक केही छ त ?’ उनले प्रश्न गरे ।

दरबार, आफ्ना दाजुका सन्तान बताउन नसक्ने पूर्व राजा ज्ञानेन्द्रले देश बचाउन नसक्ने उनको टिप्पणी छ । ‘जसले दरबार बचाउन सकेन, जसले आफ्नो दाजुका परिवार बचाउन सकेन, जसले आफ्नो श्रीमतीलाई गोली लाग्नबाट बचाउन सकेन, आज त्यसले देश बचाउँछ भन्दा हो हो बचाउँछ रे । जसले आफ्नो छोरालाई ट््याँटे हुनबाट बचाउन सकेन, जसले आफ्नो नातीलाई लागूऔषधको दुव्यसनीबाट बचाउन सकिरहेको छैन, अनि त्यसले देश बचाउँछ भन्दा हो हो भनेर हिँड्ने पछिलग्गु,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्