Logo

गाजाको अल अहली अस्पतालमा भएको आक्रमणप्रति रास्वपाद्वारा दुःख व्यक्त



काठमाडौं, ३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गाजाको अल अहली अस्पतालमा आक्रमण हुँदा निर्दोष नागरिकले ज्यान गुमाउन परेको भन्दै दुःख व्यक्त गरेको छ ।

आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै रास्वपाले उक्त घटनाले दुःखी र स्तब्ध बनाएको बताएको हो । द्वन्द्वका कारण सर्वसाधारण नागरिकको ज्यान जानु दुःख र चिन्ताको विषय भएका विज्ञप्तिमा उल्लेख छ ।

‘द्वन्द्वको परिणाम दुवै पक्षका धेरै निर्दोष व्यक्ति र परिवारहरूले भोग्नु परेको पीडा र क्षतिको साक्षी हुनु निराशाजनक छ,’– विज्ञप्तिमा भनिएको छ ।

साथै, रास्वपाले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाईतहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।



प्रतिक्रिया दिनुहोस्