Logo

सभापति देउवाद्वारा वडादसैंको शुभकामना व्यक्त



काठमाडौं, ४ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडा दशैं २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले आज (शनिबार) विज्ञप्ति जारी गर्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगितको शुभकामना व्यक्त गरेका हुन् ।

‘बडा दसैंको यो पुनीत अवसरमा म आफू र आफ्नो पार्टी नेपाली कांग्रेसको तर्फबाट स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दछु,’– विज्ञप्तिमा भनिएको छ ।

दशैं नेपालीहरुको धार्मिक र सांस्कृतिक पर्व भएको उनले बताएका छन् । सभापति देउवाले दसैंलाई अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको पर्वको रुपमा स्मरण गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्