Logo

काग्रेसको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सुरु {LIVE}



काठमाडौं, ११ कात्तिक । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सुरु भएको छ ।

चियापान कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन कुमार थापा लगायतका नेताहरुले पाहुनाहरुलाई स्वागत गरेका छन् ।

बडादसैं, शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वका अवसरमा शुभकामना आदान–प्रदानका लागि आयोजना गरिएको कार्यक्रमा बेलुकी ५ बजेसम्म जारी रहने छ ।

कांग्रेसले हरेक वर्ष क्रोजागत पूर्णिमाको दिन चियापान समारोह गर्दै आएको छ । कार्यक्रममा प्रधानमन्त्री, अन्य दलका नेताहरु, सरकारी निकायका विशिष्ट पदाधिकारी, कूटनितिक निकायका प्रमुख, पत्रकार, लेखक लगायतलाई आमन्त्रण गरिएको कांग्रेस स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्