Logo

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ



काठमाडौं, ११ कात्तिक । सोलुखुम्बु, महाकुलुङ गाउँपालिका– २ पेल्माङ बस्ने ५० वर्षीय सितल बहादुर राईको हत्यामा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई शुक्रबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय धरन बहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेका छन् । मादक पदार्थ सेवन गरेर वादविवादसँगै भएको झै–झगडामा सितलको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले झै–झगडामा संलग्न धरन बहादुर र समितलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्