Logo

कम्बोडियामा टेलिकमको लगानीबारे ओलीले सदनलाई जानकारी दिए हामी खुसी हुनेथियौंः रामहरि खतिवडा



काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको कम्बोडियाको टेलिकममा लगानी भएको समाचार बाहिर आएपछि सदनमा आएर उनले जानकारी दिउन् भन्ने आफूहरुले चाहेको बताएका छन् । आज (आईतबार) संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले टिकटकमा सानो कुरा आउँदा पनि प्रतिकृया दिने ओलीले आफूमाथि उठेको गम्भीर प्रश्नको जवाफ संसद्मा दिए आफूहरु खुसी हुने उनको भनाई थियो ।

‘एउटा यस्तो समाचार आयो, नेपालका प्रधानमन्त्री बारम्बार कम्बोडिया जाने, कम्बोडियाको टेलिकममा लगानी छ भन्ने समाचार आयो । यो के हो ? सानो टिकटकमा आएको कुरामा पनि केपी ओली जवाफ दिने मान्छे हुनुहुन्छ । यो त अन्तराष्ट्रिय समाचार बन्यो । के होला त ? देशको पूर्व प्रधानमन्त्रीकै लगानी त्यहाँ छ भने भएको के हो ? सदन बसेको बेला उहाँले हाँसीहाँसी सदनलाई जानकारी दिए हामी खुसी हुन्थ्यौं भन्ने हामीलाई लागेको थियो,’– उनले भने ।

जुनसुकै प्रधानमन्त्रीको विदेशमा लगानी भएपनि त्यसलाई नेपालमा ल्याउन सरकारले पहल गर्नुपर्ने उनको भनाई छ । प्रीतनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेको खतिवडाले आफूहरुले पनि यस विषयमा शुक्ष्म अध्ययन गरिरहेको बताए ।

‘चाहे जुनसुकै प्रधानमन्त्रीको होस् । उहाँको होस् कि अरुको होस्, भूतपूर्वको होस् कि वर्तमान प्रधानमन्त्रीको होस्, यसरी नेपालको सम्पत्ति विदेशमा लगेको छ भने त्यो फिर्ता ल्याउने काम सरकारले गर्नुपर्छ । हामी पनि यसलाई सुक्ष्म ढंगले अध्ययन गर्छौं,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्