Logo

कार्यक्रमस्थलमा नै भारती बेहोस, अस्पताल लगियो



काठमाडौं, १३ कात्तिक । रिगल ढकालको आममाफीविरुद्ध अनशनरत भारती मानन्धर कार्यक्रमस्थलमा नै बेहोस भएपछि अस्पताल लगिएको छ ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आममाफीको विरुद्धमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भारती कार्यक्रमस्थलमै बेहोस भएकी हुन् ।

उनलाई उपचारका लागि वीर अस्पताल लगिएको रिपोर्टर्स क्लबकर्मी अरुण कार्कीले जनाकारी दिए । नेपालगञ्जका चेतनको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका रिगलले नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका थिए ।

रिगलको आममाफी विरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । उनले आममाफी विरुद्ध दायर गरेको रिटमा सुनुवाइ भोलि (कात्तिक १४ गते) छ । उक्त सुनुवाइबाट पीडितले न्याय पाउन पर्ने भन्दै सामाजिक अभियन्ताहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा उनी बेहोृस भएर ढलेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्