Logo

अबदेखि नागरिक एपबाटै लाइसेन्स देखाउन सकिने



काठमाडौं, १३ कात्तिक । अबदेखि ट्राफिक चेकिङमा नागरिक एपमा भएको लाइसेन्स देखाउन सकिने व्यवस्था भएको छ । नागरिक एपले सार्वजनिक गरेको सूचनमा ट्राफिक चेकिङमा एपबाटै लाइसेन्स देखाउन सकिने उल्लेख छ ।

नागरिक एकको सूचनामा भनिएको छ, ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकिङको बखतमा नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको छ ।’

यसका लागि नागरिक एप प्रयोगकर्ताले आफ्नो लाइसेन्स लिंक गर्न पर्नेछ ।



प्रतिक्रिया दिनुहोस्