Logo

रिगलको आममाफीविरुद्धको रिट हेर्दाहेर्दैमा



काठमाडौं, १४ कात्तिक । रिगल डन भनिने योगराज ढकालको आममाफीविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

उक्त रिट आज सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा.कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो ।

उक्त रिटमा सुनुवाइ नसकिएपछि आज हेर्दाहेर्दैमा राखिएको हो । उक्त रिटमा पीडितको पक्षबाट बालकृष्ण नेउपाने, यज्ञनिधि न्यौपाने लगायतले बहस गरेका थिए ।

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोग पुष्टि भएसँगै उनलाई बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

जन्मकैदको फैसलामा सजाय काटिरहेका रिगललाई राजनीतिक आवद्धताको आधारमा नवौं संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । उनको आममाफीलाई लिएर राष्ट्रपति पौडेलसमेत विवादमा तानिएका छन् ।

आममाफी खारेजीको माग गर्दै चेतन मानन्धरकी श्रीमति भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् । रिगलले २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा खुँडा प्रहार गरी चेतनको हत्या गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्