Logo

एमालेको चियापान कार्यक्रममा पुगिन् झाँक्री, नेताहरुले दिए महत्व



काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले) ले दसैं, तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री पनि सहभागी भएकी छन् ।

एमालेले यसअघि एकीकृत समाजवादीलाई कुनै पनि कार्यक्रममा निमन्त्रणा गर्ने गरेको थिएन् । एमालेले यस पटकको चियापान समारोहमा नेकपा (एस) का अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरुलाई पत्र काटेरनै बोलाएको थियो ।

एमालेको चियापानमा सहभागी भएकी झाँक्रीलाई एमाले नेताहरुले विशेष महत्व दिएका छन् । झाँक्रीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्षहरु र विशिष्ट नेताहरुले विशेष महत्व दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्