Logo

अन्य प्रदेश र संघीय सरकारमा कोशीको असर पर्दैनः शेखर कोईराला



काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग बाहिर आएजस्तो ठाकठुक नपरेको बताएका छन् ।

आज (बुधबार) कांग्रेस कास्की क्षेत्र नम्बर १ को सम्मेलनलाई सम्बोधन गर्दै उनले सभापति देउवासहितका नेताहरुसँग अहिले पनि समसामयिक विषयमा संवाद भइरहेको बताएका हुन् ।

अहिले कोशीमा भएको नयाँ सत्ता समीकरणका सन्दर्भमा संवाद भइरहेको उनले बताए । उनले अरु प्रदेश र केन्द्रीय सरकारमा कोशीको बाछिट्टा नआउने बताए ।

कांग्रेस एक ढिक्का भएर जाँदा कसैले हराउन नसक्ने बताउँदै उनले अहिले कांग्रेसलाई एमाले, माओवादीले नभएर पार्टीभित्रकै मानिसहरुले हराइरहेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्