Logo

प्रतिनिधि सभा बैठक जारी {LIVE}



काठमाडौं, १६ कार्तिक। प्रतिनिधि सभाको बैठक जारी रहेको छ । आजको बैठकमा चालू अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरूबाट टेबुल गरिने कार्यसूची रहेको छ ।

यस्तै, आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू पढेर सुनाउने कार्यतालिका रहेको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिष्य दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन आ.व.२०७८/७९ पेश गर्नेछन् भने राष्ट्रिष्य दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व.२०७९/८० पेश गर्नेछन्।

त्यस्तै बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचनाहरू सभाको स्वीकृतिको लागि पेश गर्ने कार्यसूची रहेको पनि संसद सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्