Logo

प्रतिपक्षले सदनमा उठाएको विषय सरकारले सकारात्मक र लचकतापूर्ण रुपले लिएको छः रमेश लेखक



काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदनलाई प्रभावकारी बनाउन आफूहरु संवाद, सहमति र सहकार्यका लागि तयार रहेको बताएका छन् ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसको मूल मन्त्रनै संवाद, सहमति र सहकार्य भएको बताएका हुन् । उनले कांग्रेसले १२ बुँदे सम्झौता, संविधान सभाको निर्वाचन, संविधान निर्माणदेखि महत्वपूर्ण काममा संवाद, सहमति र सहकार्यबाट काम गरेको उनको दाबी छ ।

‘यो सदनलाई प्रभावकारी बनाउनका लागि, मुलुकमा समग्र समस्याहरुलाई ठीक ढंगले सम्बोधन गर्नका लागि र सरल ढंगले, ठीक ढंगले लक्ष्यसम्म पुग्नका निमित्त हामी फेरी संवाद, सहमति र सहकार्यका साथ अगाडि बढ्नुपर्छ ।’ उनले भने, ‘संवाद, सहमति र सहकार्यको कुरामा सरकारले पनि आफूलाई लचिलो ढंगले नै प्रस्तुत गरेको छ भन्ने मेरो अनुभूति रहेको छ ।’

सदनमा प्रतिपक्षबाट उठ्ने गरेका विषयलाई सरकारले सकारात्मक रुपले सहृद्धयाका साथ लचकतापूर्ण रुपले लिएको उनको दाबी छ ।

आफूहरु संवाद र सहमतिकै आधारमा विभिन्न निर्णय लिएको उनले बताए । संविधानको रक्षा, संविधान निर्माण र मुलुकको रक्षाका लागि सबै दल एकमत हुन जरुरी रहेको उनले बताए । त्यसका लागि नेपाली कांग्रेस जहिले पनि सकारात्मक रहेको उनले बताए । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्