Logo

रिगललाई पक्राउ गरेर बुझाउने प्रहरीको तयारी



काठमाडौं, १६ कात्तिक । नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको आममाफीको निर्णय बदर भएको छ ।

रिगल भनिने योगराज ढकालको आममाफीविरुद्ध सर्वोच्च अदालतमा भारती मानन्धरले दिएको रिट निवेदनमा फैसला गर्दै सर्वोच्चको पूर्ण इजलासले उक्त निर्णय बदर गरेको हो ।

सर्वोच्चले रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद भुक्ता गर्न बाँकी रहेको ठहर गर्दै पुनः कैद भुक्तानका लागि पुनः कारागार पठाउने अदेश दिएकोृ छ ।

सर्वोच्चको उक्त आदेशसँगै प्रहरीले रिगलको खोजी थालेको बताइएको छ । प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार रिगललाई पक्राउ गरेर कारागार बुझाउने तयारी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्