Logo

४० किलो चाँदीसहित भारतीय नागरिक जान पक्राउ



काठमाडौं, १६ कात्तिक । चाँदी तस्करी गरेको आरोपमा विराटनगर–११ पिचरास्थित पशुपति ज्वेलर्सका सञ्चालक विश्वजीत जान पक्राउ परेका छन् ।

उनले सञ्चालन गरेको उक्त ज्वेलर्सबाट करिब ४० किलोभन्दा बढि चाँदि बरामद गरिएको छ । पक्राउ परेका जानलाई थप कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा पठाइएको छ । उनी भारतीय नागरिक हुन् ।

भन्सार कार्यालय, मोरङ प्रहरी र सशस्त्र प्रहरीले उक्त ज्वेलर्समा संयुक्त रूपमा छापा मारेका थिए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्