Logo

गृह मन्त्रालयअन्तर्गतका ४० उपसचिवको जिम्मेवारी हेरफेर (पूर्णपाठ)



काठमाडौं, १६ कात्तिक । गृह मन्त्रालय अन्तर्गतका ४० उपसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । गृहले आज सूचना प्रकाशित गरी मापदण्ड पुगेका र सरुवा मागेकामध्ये ४० जनाको जिम्मेवारी हेरफेर गरेको जानकारी गराएको हो ।

सरुवा अन्तर्गत ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । गृहले प्रमुख जिल्ला अधिकारी बनाएर वेदनिधि खनाललाई रसुवा, विश्वमित्र कुइँकेललाई बझाङ, खिमराज भुसाललाई दैलेख, टोपेन्द्रबहादुर केसीलाई मुगु, गणेश नेपालीलाई कालिकोट र विनोद पोखरेललाई हुम्ला पठाएको छ ।

त्यसैगरी, मनाङमा सुवास लामिछाने, ताप्लेजुङमा हिरादेवी पौडेल, म्याग्दीमा कृष्णप्रसाद शर्मा, सोलुखुम्बुमा खेवी पाण्डे खत्री र डोल्पामा तुलसीप्रसाद दाहाललाई पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस्