Logo

आममाफी बदर प्रकरणः अभियन्ता सायमीले मागे राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा



काठमाडौं, १७ कात्तिक । अभियन्ता सुमन सायमीले सर्वोच्चको आममाफी बदरको फैसला भारतीको मात्रै जीत नभएर सबै नेपालीको जीत भएको बताएका छन् । उक्त फैसलाले आममाफीमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म दोषी छन् भन्ने प्रमाणित भएको बताए ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूहरुले नैतिकताको आधारमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिउँन् भन्ने चाहेको बताए ।

‘आममाफीको नाममा उहाँलाई कैद माफी गरेर छुटाइएको थियो । त्यो गैरकानुनी हो भनेर सम्मानीत सर्वोच्च अदालतले रिट जारी गरेपछि राष्ट्रपति र प्रधानमन्त्री पनि दोषी हो भन्ने पुष्टि भएको छ । त्यसकारणले उहाँहरुले नैतिकताको आधारमा अहिले नै पद त्याग्नुपर्छ भन्ने हाम्रो चाहना हो,’– उनले भने ।

सर्वोच्चको फैसलाले आफू एकदमै खुसी भएको उनले सुनाए । अभियन्ता सायमीले भारतीको साहसको प्रसंशा गरे ।



प्रतिक्रिया दिनुहोस्