Logo

दुई वटा नक्कली नागरिकता रद्द गर्ने सरकारको निर्णय



काठमाडौं, १७ कात्तिक । सरकारले झुठा विवरण पेश गरी लिइएको दुई वटा नागरिकताको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी भएको र देवराज धमलाको नाममा जिल्ला प्रशासन कार्यालय कालिकोटबाट जारी भएको नक्कली नागरिकता रद्द गर्ने निर्णय गरेको हो ।

‘निमा तामाङको नाममा झुट्टो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट वंशजको आधारमा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने । देवराज धमालाको नाममा झुट्टो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय, कालिकोटबाट वंशजको आधारमा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र नेपाल रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने,’– मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्