Logo

एकै पटक तीन देशको भ्रमणमा निस्किँदै राष्ट्रपति पौडेल



काठमाडौं, १७ कात्तिक । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मन र इटालीको भ्रमण स्वीकृत गरेको छ । हिजो (बिहीबाुर) बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको विदेश भ्रमण स्वीकृत गरेको हो ।

राष्ट्रपति पौडेल आगामी कात्तिक २२ गते काठमाडौंबाट फ्रान्स जाने बताइएको छ । राष्ट्रपति पौडेलले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिने बताइएको छ ।

राष्ट्रपति पौडेल पेरिसको कार्यक्रममा सहभागी भएपछि गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्ने कार्यतालिका रहेको छ । राष्ट्रपति पौडेल आगमी मंसिर १ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्